arrow

झाडुपोछामा राखिएकी नाबालिकालाई धन्दामा लगाउने होटल सञ्चालक पक्राउ

logo
प्रकाशित २०७६ जेठ ८ बुधबार
NiruGautam_RSS_Rupandehi_abhiyukta-2(1).JPG

कपिलवस्तु । झाडुपोछाको काम गर्न होटेलमा राखेकी कपिलवस्तुकी १५ वर्षीया नाबालिकालाई जबर्जस्ती यौन व्यवसायमा लगाउने होटेल सञ्चालकलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ स्थित राप्ती मेनु होटेल सञ्चालक २९ वर्षीय अनिल भन्ने टेकबहादुर कुँवर र उनकी श्रीमती ३३ वर्षीया मीनाकुमारी बस्नेत (कुवँर) रहेको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

उनीहरुलाई मानव बेचबिखन ऐन र सङ्गठित अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए।

 उनीहरु बाग्लुङको निसीखोला गाउँपालिका–७ का स्थायी बासिन्दा हुन् । १५ वर्षीया नाबालिकालाई आफन्त नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा उद्धार गरेको बताइएको छ । उनलाई आफन्त नेपालको संरक्षणमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ