arrow

आरुबोटे हत्याकाण्ड: कांग्रेसले खटायो घटनास्थलमा पार्टीका प्रतिनिधि

logo
प्रकाशित २०७६ जेठ ८ बुधबार
pamchtar-house.jpg

काठमाडौं ।  पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुबोटेमा ९ जनाको सामुहिक हत्या भएको घटनालाई गम्भीरतापूर्वक लिंदै नेपाली कांग्रेसले बुधबार घटनास्थलमा पार्टीका प्रतिनिधिहरु पठाएको छ ।

केन्द्रीय सदस्य भिष्मराज आङ्दम्वे, प्रवक्ता विश्वप्रकाश शर्मा र पाँचथर सभापति नरेन्द्र केरुङ लिम्बू बुधबार पार्टीको प्रतिनिधित्व गर्दै सो गाउँ र घटनास्थल पुगेका छन्  ।

अत्यन्तै क्रूरतापूर्वक भएको आरुबोटेको हत्याकाण्डले शोक विह्वल बनेको सिंगो गाउँप्रति उनिहरुले पार्टीका तर्फबाट समवेदना प्रकट गरेका छन् ।

 नेपाली कांग्रेस रहस्यमय घटनाको गहिरो र गम्भीर छानविन गर्न सरकार समक्ष अपिल गर्दै मृतक सबैको आत्माको चिर शान्तिको कामना गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ