arrow

रामचन्द्र पौडेलले निर्मला पन्तकी आमालाई भेटेर हत्यारालाई जुनसुकै हालतमा पत्ता लगाउने आश्वासन दिए 

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
ramchandra-nirmala-aama.jpg

महेन्द्रनगर । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको घरमा पुगेर सहानुभुति प्रकट गरेका छन् । 

पार्टीको जागरण अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशका विभिन्न कार्यक्रममा सहभागि हुन कञ्चनपुर पुगेका पौडेलले निर्मलाकी आमा दुर्गादेवीलाई भेटेर हत्यारालाई जुनसुकै हालतमा पनि पत्ता लगाउने आश्वासन दिए । 

उनले सरकारलाई हत्यारालाई जुनसुकै हालतमा पत्ता लगाउन आग्रह गरे । विसं २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी बालिका निर्मला पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । तर हाल सम्म पनि निर्मलामा हत्यारा पत्ता लाग्न सकेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ