arrow

करणी गरी फरार दुई अभियुक्त भारतीय प्रहरीको सहयोगमा पक्राउ

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
indian-police.jpg

चितवन । जबर्जस्तीकरणी गरी फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । तीमध्ये एक जनालाई भारतीय सीमा क्षेत्र सुनौली र अर्कोलाई जिल्लाबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा वैशाख ६ गते दिउँसो माडी नगरपालिका–५ छरछरेमा १५ वर्षीया किशोरीलाई जबर्जस्तीकरणी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले सुनौलीबाट पक्राउ गरेको हो ।

स्थानीय ३८ वर्षीय शम्शेर विकले सोही ठाउँका १५ वर्षीया किशोरीलाई घर नजीकै न्युरो टिप्न गएको समयमा जबर्जस्तीकरणी गरी फरार भएका थिए ।

भारतीय प्रहरीको सहयोगमा सुनौली नाकाबाट निजलाई बुधबार पक्राउ गरिएको हो । यसैगरी भरतपुर महानगरपालिका–१६ का २५ वर्षीय सुवास परियारलाई आज बिहान पक्राउ गरिएको छ ।

 परियारले स्थानीय १२ वर्षीया बालिकालाई घरमा नै बोलाएर वैशाख ३० गते जबर्जस्तीकरणी गरी फरार भएका थिए । पक्राउ परेका दुवै जनालाई प्रहरीले आज म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ