काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । चुनावी मत गणनामा मोदी सहित भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याउने सम्भावना बढेपछि प्रधानमन्त्री ओलीले मोदीलाई बधाई दिएका हुन् ।
नेपाली समय अनुसार दिउँसो २ बजेसम्म भारतमा एनडिए गठबन्धनले २४६ सिटमा अग्रता हाँसिल गरेको छ । जसमा भाजपा एक्लैले २९६ सिटमा अग्रता हाँसिल गरेको छ । यस अघि एक्जिट पोलमा पनि भाजपाले बहुमत ल्याउने बताईएको थियो ।
चुनाव आयोगका अनुसार बिहीबार राती मात्रै चुनावी मत परिणाम आउने सम्भावना देखिएको छ । जसमा काँग्रेस निकै पछि रहेको र भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याउने सम्भावना बढेसँगै प्रधानमन्त्रीमा नरेन्द्र मोदी आउने निश्चित जस्तै भएको छ ।