arrow

विमलेन्द्र निधि कांग्रेस कार्यवाहक सभापति  

logo
प्रकाशित २०७६ जेठ १० शुक्रबार
bimalendra-nidhi.png

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । 
     
 सभापति देउवा विदेश प्रस्थान गरेकाले निधिलाई कार्यवाहक सभापति तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपाली काङ्ग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३)को व्यवस्थाअनुसार निधिलाई कार्यवाहक सभापति तोकिएको हो ।

सभापति देउवा उपचारका लागि बुधबार सिङ्गापुर प्रस्थान गरेका हुन् । उनी हाँ आगामी सोमबार स्वदेश फर्कने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ