arrow

 मौसमको चेतावनी कायमै

logo
प्रकाशित २०७६ जेठ ११ शनिबार
weather.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मौसमको चेतावनी दिन छाडेको छैन । महाशाखाले शनिबार पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना बताएको छ ।

देशका पूर्वी भूभाग र  मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भूभागका केही स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ । बाँकी भूभागमा आंशिक बदली हुने महाशाखाले बताएको छ । 

राति पनि देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली तथा मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली तथा पूर्वका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ