arrow

चर्चित दुई हिमाल गाइडको आरोहणका क्रममा मृत्यु 

logo
प्रकाशित २०७६ जेठ ११ शनिबार
mount-everest-home.jpg.jpeg

काठमाडौं । दुई चर्चित माउन्टेन गाइडको आरोहरणका क्रममा ज्यान गएको छ । सगरमाथाको सफल आरोहरण गरी फर्किएका चर्चित माउन्टेन गाइड ध्रुव विष्टको शुक्रबार मत्यु भएको हो ।

त्यस्तै माउन्टेन गाइड निमा तेन्जिङ शेर्पाको मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएको हो ।

विष्टको सगरमाथा आधार शिविरमा अत्यधिक चिसोका कारण मृत्यु भएको बताइएको छ । सगरमाथाको तेस्रो आधार शिविरमा बिरामी परेका विष्टलाई तलतिर ल्याउने क्रममा स्वास्थ्य झन् कमजोर बन्दै गएपछि उनको आधार शिविरमा मृत्यु भएको थियो ।

त्यस्तै मकालु हिमाल आरोहणबाट फर्केर दोस्रो आधार शिविरमा आइपुग्दा शेर्पा विरामी भएपछि मृत्यु भएको बताइएको छ ।

शेर्पा र विष्टको मृत्युपछि यसवर्ष ८ हजार मिटर भन्दा माथिको उचाइमा मृत्यु हुनेको आरोहीको संख्या १८ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ