arrow

जनअपेक्षा अनुसार काम गर्न ओली सरकार असफल –वरिष्ठ नेता पौडेल

logo
प्रकाशित २०७६ जेठ ११ शनिबार
ramchandra-poudel3.jpg

बैतडी । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।

जिल्लाको मेलौलीमा  ‘द्वारिकादेवी ठकुरानी’ नामक पुस्तकको विमोचन तथा जागरण अभियानलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनताले वर्तमान सरकारको विकल्प खोज्न थालिसकेको बताए ।     
     
 “दुई तिहाइको सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेन”, उनले भने, “सरकार आफै भ्रष्टाचारमा लिप्त भएको छ ।” दुई तिहाइको सरकार हुँदासमेत जनताले सरकार भएको अनुभूति गर्न नपाएको उनको आरोप थियो । उनले सरकारले शान्तिसुरक्षा कायम गर्न नसकेको टिप्पणी गरे । 

काङ्ग्रेसले कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक पास गर्न नदिने वरिष्ठ नेता पौडेलले बताए । अहिले सरकारले कार्यकर्तामुखी बजेट बनाइरहेको उनले उल्लेख गरे ।
     
 जागरण भेलालाई केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्वमन्त्री तारणीदत्त चटौत, सांसद रामबहादर विष्ट, प्रदेशसभा सदस्य भरत खड्का, महासमिति सदस्यद्वय चतुरबहादुर चन्द र कमल शाह, पूर्वमन्त्री नरबहादुर चन्द, बैतडी पूर्व पार्टी सभापति नरेन्द्र थापालगायतले सम्बोधन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ