arrow

त्रसिद मुद्रामा ब्रिफकेस बोकेर अर्थमन्त्री खतिवडा संसद जाँदै

५६ प्रतिशतमात्र बजेट खर्च भएपछि विज्ञता निल्नु न ओकल्नु

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
khatiwada.JPG

काठमाडौं । अर्थतन्त्रका ज्ञाता मानिएका वर्तमान अर्थमन्त्री डा युवराज खतिवडा पछिल्लो समय निकै चिन्तित छन् ।

उनलाई जसरी केपी शर्मा ओलीले टपक्क टिपेर अर्थमन्त्री बनाए त्यो अनुसार उनले आफ्नो प्रदर्शन देखाउन नसकेपछि पार्टीभित्र आलोचनाको शिकार भइरहेका छन् । 

उनलाई केही समयअगाडि हटाउने जनाइए पनि उनले पदमा कब्जा जमाइरहेका छन् । ओलीलाई विश्वास थियो कि डा खतिवडाले अर्थ मन्त्रालय सम्हालेपछि एकाएक आर्थिक स्थिति सुध्रिन्छ । 

तर सुध्रिएन । विगतको भन्दा खस्किदै गएको भन्दै नेकपाभित्रै चर्को विरोध भइरहेको छ । उनलाई अर्थ मन्त्री बनाउने चलखेल बन्दै गर्दा पनि हालका नेकपा महासचिव विष्णु पौडेल चिन्तित भएका थिए । 

पौडेल अर्थमन्त्री बन्न लालायित थिए । तत्कालीन माओवादी खेमाबाट वर्षमान पुन र जनार्दन शर्मा पनि अर्थमन्त्रीका लागि चासो राख्नेमध्येका पर्दथे । 

प्रतिस्पर्धामा अब्बल ठहरिँदै अर्थमन्त्री बने पनि राष्ट्रबैंकको अनुभव अनि योजना आयोगको अनुभवले केही काम नगरेपछि डा खतिवडा चिन्तामा रहेको बुझिन्छ । 

त्रासको ब्रिफकेस बोकेर संसदतिर
आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट यही जेठ १५ गते बुधबार सार्वजनिक हुँदैछ । त्यसका लागि अर्थमन्त्री डा खतिवडा तीव्र तयारीमा छन् । 

तर मिति नजिकिँदै जाँदा उनको ढुकढुकी भने बढ्दो छ । सोचे अनुसारको प्रगति नभएपछि बजेट कस्तो ल्याउने भन्नेमा उनी चिन्तित बनेका हुन् । 

चालु आर्थिक वर्षमा ५६ प्रतिशत मात्र बजेट खर्च भएपछि डा खतिवडाको हंशले ठाउँ छाडेको छ । उनको अनुभव फेल खायो । 

बजेट नै खर्च नभएपछि उनी ठूलो बजेट ल्याउने पक्षमा देखिएका छन् । उनले १६ खर्बभित्रै रहेर बजेट बनाइरहेको स्रोतको दावी छ ।  

उनी आफैले १६ खर्ब ननघाउने बताउँदै आएका छन् । उनले नेकपाका नेता तथा निकटका अर्थशास्त्रीहरुसंग शनिबार पनि छलफल गरेका थिए । 

डा खतिवडा ट्याक्स नबढाउने तर दायरा बढाउने योजनामा छन् । ट्याक्स बढाउँदा विरोध हुने सम्भावना पनि हुन सक्ने देखिएको छ । 

उनलाई सफल अर्थमन्त्रीका रुपमा वर्णन गर्न खोजिएकामा त्रासको पोको लिएर उनी बजेटरुपी ब्रिफकेस बोकेर संसदभित्र छिर्नेछन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ