'राज्य धर्मका विषयमा न सापेक्ष न निरपेक्ष, मात्र स्वतन्त्र हुन्छ'
प्रकाशित २०७६ जेठ १२ आइतबार
316
Shares
पर्वत । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्म सापेक्ष वा निरपेक्ष नभई स्वतन्त्र हुने बताएका छन् ।
विश्वकै अग्लो शिव र पार्वतीको मूर्ति निर्माण गर्ने, सिसमहल, ज्योतिर्लिङ स्थापना र धर्मशाला बनाउने उद्देश्यले पर्वतमा जेठ १ गतेबाट सञ्चालित कोटीहोम तथा सामूहिक तुला दान महायज्ञको समापन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले धर्म स्वतन्त्रताको कुरामा आँफुहरु लागि पर्दै आएको बताए । उनले भने‘राज्यको धर्म न सापेक्ष हुन्छ न निरपेक्ष, राज्य धर्मका विषयमा स्वतन्त्र हुन्छ’
उनले कांग्रेसको झण्डामा रहेका चार तारामध्ये एउटा ताराको अर्थ धार्मिक स्वतन्त्रता भएको भन्दै कांग्रेसको सिद्धान्त नै धार्मिक स्वतन्त्रता भएको स्पष्ट पारे ।
महायज्ञ मूल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले हिमालय पर्वतकी छोरी तथा महादेवकी पत्नी पार्वतीको जन्म पर्वतको पाङमा नै भएको बताए।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद पदम गिरी, नेपाली कांग्रेसका पूर्वमन्त्री दीपक गिरी, पण्डित ईश्वरकृष्ण भुर्तेल, कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशी, कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायतको पनि उपस्थिति रहेको थियो ।