arrow

दम्भ र अहंकार त्याग्न प्रधानमन्त्रीलाई प्रकाशमानको सुझाव

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
Prakashman-Singh.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बर्तमान सरकार नै संघीयता असफल बनाउन लागि परेको आरोप लगाएका छन् । नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १ मा आइतबार ओयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो आरोप लगाएका हुन् ।

पूर्व महामन्त्री समेत रहेका सिंहले  प्रधानमन्त्री ओेलीका अभिव्यक्ति संविधानको मर्म र भावना बिरुद्ध आउन थालेकाले मुलुकमा संबैधानिक संकट निम्तिन सक्ने भन्दै जिम्मेवार बन्न ओग्रह गरे । 'प्रधानमन्त्रीमा अंहकार र दम्भ बडेको संविधान केही हैन अब म जे बोल्छु त्यही नै सबैले मान्नु पर्छ भने जस्तो गरि प्रस्तु हुनु असोभयनिय छ । ' सिंहले भने  , 'संविधानभन्दा भन्दा माथि कोहि हुन सक्दैन त्यसैले दम्भ र अहंकार त्यागेर संबिधानको पालना गर्नुपर्छ ।'  

मुलुकमा सरकारसँग जन अपेक्षा धेरै भएकाले सरकारको काम भने भाषमा मात्र सिमित रहेको काण्डै काण्ड मा मुसिएकाले सरकारसँग कुनै आश गर्न नसकिने उनले बताए । उनले भने, 'कुरा गर्नि काम केही नगर्नि यस्तो पचार बाजीमा अल्झिएर जनतासँग सरकारको  भावनात्मक सम्बन्ध टुटेको दिन बल्ल प्रधानमन्त्रीको अहंकारको अन्त हुन्छ ।'

सिंहले राजधानीबासीको सबैभन्दा चासो र सरोकार जोडिएको मेलम्ची खानेपानीको काम आर्थिक अनियमिततासँग जोडिएर ठेकदार कम्पनीसँग पैसा मागेको कुराले ठेकदार कम्पनीले हात झिक्नु दुखद भएको बताए ।
 
ठुला भ्रष्टाचारका मुद्दाहरु हरेक दिन ओेझेलमा पार्दै जाने तर भ्रष्टाचार गर्दिन भन्ने कुरामा बिश्वास गर्न नसकिने भन्दै सबै खाले भ्रष्टाचारका मुद्दाहरुमा पारदर्शी तवरले छानबिनको बाताबरण बनाएर दोषि ठहरिएका जो कोहिलाई दण्डित गर्न समेत आनाकानी नगर्न सरकारको ध्यानाकर्षण गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ