arrow

सुकेधारा विस्फोटमा वेवारिसे मोटरसाइकलको कनेक्सन खोज्दै प्रहरी

प्रेसर कुकर बम पड्किएको हुनसक्ने

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
bike-bomb.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ स्थित सुकेधाराको ढलाने पुल नजिकै एक शैलुनमा भएको विस्फोटको प्रहरीले अनुसन्धान सुरु गरेको छ। विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दको अघिल्लो दिन राजधानीमा ज्यान लिने गरि भएको विस्फोटले सबै सुरक्षा निकायलाई गम्भीर बनाएको छ ।

घटनास्थलमा परिचालित  ठुलो संख्याका नेपाली सेना, सशस्त्र, सिआइबी र प्रहरीको टोलीको उपस्थितिले समेत घटनाको संवेदनशिलता देखिएको हो । घटना लगतै प्राप्त विवरणमा ग्यास सिलिण्डर पड्किएको बताइएपनि घटनास्थलको प्रकृतिले अलग बयान गरेको प्रहरी स्रोतले जनाएको छ ।   

शैलुनको पछाडि भागमा रहेको कोठामा भेटिएका शंकास्पद बस्तुहरु सिलिण्डर, प्रेसर कुकर, बारुद र अन्य विद्युतिय सामग्रीले प्रहरी विस्फोटको घटनालाई विभिन्न कोणबाट अनुसन्धान गर्नुपर्ने स्थीतिमा पुगेको छ । प्रहरी स्रोतका अनुसार  घटनास्थलमा प्रेसर कुकर बम पड्किएको हुनसक्ने बताइएको छ । प्रहरीले विस्फोटक पदार्थ बनाउने क्रममा विस्फोट सामग्री विस्फोट भएको आशंका समेत गरेको छ ।

घटनास्थल नजिकै वेवारिसे अवस्थामा फेला परेको बा २९ प ८५९९ नम्बरको मोटरसाइकल समेत प्रहरीको अनुसन्धानको बिषय भएको छ ।  मोटरसाइकल र विस्फोटमा परेकाहरुको कनेक्शनसमेतलाई प्रहरीले अनुसन्धानको बिषय बनाउने देखिएको छ ।  

उद्दारमा संलग्न जीवन खतिवडाका अनुसार स्थानीय घटनास्थलमा आइपुग्दा बारुदको गन्ध आइरहेको थियो । विस्फोटस्थलमा पुग्दा घाइतेहरु छटपटाइ रहेका थिए । उनले चिनेका स्थानीय तथा घाइते हरी खड्कासहितलाई ओम अस्पताल उनकै पहलमा पुर्‍याइएको थियो ।

काठमाडौं क्षेत्र नम्बर ४ स्थित सुकेधाराको ढलाने पुल नजिकै एक शैलुनमा अज्ञात बस्तु पड्कदा दुई जनाको मृत्यु भएको छ  भने ५ जना घाइते भएका छन् । नाजुक अवस्थामा रहेका एक घाइतेको उपचारका क्रममा अस्पताल लैजादै गर्दा निधन भएको हो ।  घाइते पाँच जनाको ओम अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका घाइतेको  त्यहाँ उपचार हुन नसकेपछि ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । घाइते मध्ये एक जनाको अवस्था नाजुक रहेको छ ।

विस्फोटमा निधन भएका एकको शव  त्रिवि शिक्षण अस्पताल लगिएको छ । दोस्रो शव भने प्रहरीकै नियन्त्रण घटनास्थलमा रहेको हाम्रा सहकर्मी माधव चम्लागाईले जनाएका छन् ।

 

सुकेधारा विस्फोटमा दुईको मृत्यु, घटनास्थलमा प्रहरीको घेरा (तस्विर)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ