arrow

पशुपतिनाथको स्वामित्वको जमिनबाट चर्च तत्काल हटाउन माग

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
pasupati-saskriti.jpg

काठमाडौ । पशुपतिनाथको स्वामित्वमा रहेको जमिनबाट क्रिस्चियन धर्मप्रचारमा क्रियाशील रहे चर्च तत्काल हटाउन नेपाल संस्कृत छात्र संघ नेपाल २००४ ले माग गरेको छ ।

भगवान पशुपतिनाथको स्वामित्वमा अर्थात् पशुपति क्षेत्र विकास कोषको काठमाडौं महानगरपालिका-७ को कित्ता नम्बर ९९ र २३४ मा मिसनरिज अफ च्यारिटीले चर्च खोलेर धर्मप्रचार गरिरहेको पाएपछि संघको प्रतिनिधि मण्डलले  आइतबार पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकाललाई ज्ञापन पत्र बुझाइ तत्काल चर्च हटाउन माग गरेको हो ।

ज्ञापन पत्रमा नेपालको कानून अनुसार एक धार्मिक सम्प्रदायको जमिन अर्को धार्मिक सम्प्रदायले प्रयोग गर्न पाउदैन भन्दै तत्काल हटाउन माग गरेको छ ,नहटाएमा कडा कदम अगाडि बढाउने समेत भनिएको छ ।

ज्ञापन पत्र बुझाउने क्रममा संघ अध्यक्ष सुशान्त आचार्य ,वरिष्ठ उपाध्यक्ष महेश्वर पौडेलले चर्च नहटाए बिरोध कार्यक्रम सुरु गर्ने चेतावनी दिए ।

ज्ञापन पत्र बुज्दै पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले कोष सो बिषयमा सचेत रहेको बताएका थिए ।

 ज्ञापन पत्र बुझाउन अध्यक्ष आचार्यसहित वरिष्ठ उपाध्यक्ष महेश्वर पौडेल, केन्द्रीय सदस्यहरु दिनेश भण्डारी, सुजन पोख्रेल, भानुभक्त उपाध्याय र संघका सदस्य सेवक आचार्य लगायत गएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ