arrow

आरुबोटे हत्याकाण्ड : स्थलगत अनुसन्धान सकियो

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
aarubote.jpg

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिक–३ आरुबोटेमा भएको हत्याकाण्डको स्थलगत अनुसन्धान सकिएको छ । दुई घरमा नौ जनाको बीभत्स हत्याकाण्डको स्थलगत अनुसन्धान सकिएको पाँचथरका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताए ।

मिक्लाजुङ गाउँपालिकाको केन्द्र रवीबजारमा रहेको इलाका प्रहरी कार्यालयलाई केन्द्र बनाएर प्रहरीले अनुसन्धान गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), १ नं प्रदेशअन्तर्गको विशेष टोली र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले घटनास्थलमा स्थलगत अनुसन्धान गरेको थियो ।

अनुसन्धानमा हत्यामा प्रयोग भएको सामग्री सङ्कलन, छिमेकी र हत्या गरिएकाका आफन्तलगायत विभिन्न व्यक्तिसँग सोधपुछ गरिएको प्रहरी नायब उपरीक्षक कुवँरले वताए । घटना बारेमा स्थलगत अनुसन्धान सकिँदासम्म स्थानीयवासीले शङ्का गरेका व्यक्ति मानबहादुर माखिमको संलग्नता देखिएको प्रहरी उपरीक्षक कुँवरको भनाइ छ ।

 घटनामा अन्य व्यक्तिको पनि संलग्नता भए÷नभएको बारेमा थप अनुसन्धान गरिने उनको भनाइ छ । प्रहरीले शङ्का गरेका व्यक्ति मानबहादुर माखिमको मङ्गलबार हत्या भएको स्थलबाट करीब डेढ घण्टाको दूरीमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ