arrow

हिंसा र विस्फोटप्रति गम्भीर बनौं : कांग्रेस

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा भएका बम विस्फोट र त्यसबाट भएको मानव जीवनको क्षतिप्रति नेपाली कांग्रेसले आफ्नो ध्यान गम्भीर ढंगले आकृष्ट भएको जनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस हिंसाको राजनीति परित्याग गर्न विद्रोही नेकपालाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारुढ नेकपा र नेपाल सरकारलाई सार्वजनिक अपिल गरेका छन् ।

कांग्रेसले  नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यवद्ध ढंगले अघि बढ्नुपर्ने बेला यस्ता घटना हुनुलाई अत्यन्तै दुःखद रुपमा लिएको छ ।

विज्ञप्तिमा भनिएको छ,' बम विस्फोटमा परेर जीवन गुमाउनेहरु विद्रोही पक्षका हुन् या विपक्षका तर अमूल्य जीवन गुमेको छ र शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढंगले अघि लिएर जाने आम नेपालीको चाहनालाई मर्माहत बनाएको छ । नेपाली कांग्रेस लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको नेपालमा पछिल्ला घटनाक्रमहरुबाट अन्तत कसैको विजय नहुने विषयप्रति गम्भीर बन्न राज्य र विद्रोही पक्ष दुवैलाई सचेत गराउन चाहन्छ ।'

ललितपुरमा केहि महिना अघि भएको हत्या, भोजपुरमा जेठ ७ मा राज्यले गरेको ‘फेक इन्काउन्टर’, काठमाडौंमा भएको घटनाले समग्रमा शान्तिपूर्ण संवाद भन्दा समाधानको अर्को विकल्प छैन भनेर प्रष्ट्याएको कांग्रेसको ठहर छ ।

घटनामा जीवन गुमाएका सबैको आत्माको चिर शान्ति कामना गर्दै कांग्रेस सबै घाइतेहरुको सम्पूण उपचार गर्न नेपाल सरकार समक्ष आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ