arrow

 विस्फोटक पदार्थसहित विप्लव समूहका सात जना पक्राउ  

logo
प्रकाशित २०७६ जेठ १३ सोमबार
biplab-maobadi.jpeg

काठमाडौँ । प्रहरीले कोटेश्वरको नरेफाँटबाट विस्फोटक पदार्थसहित विप्लव समूहका सात कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार साँझ गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक श्रीधर खड्काले जानकारी दिए । 
     
पक्राउ पर्नेमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिबहादुर सुनार, बुद्धिलाल पुन, डम्बरबहादुर तामाङ, चित्तकमल ओली र राकेश श्रेष्ठ रहेका छन् । 

उनीहरुका साथबाट प्रेसरकुकर चार थान, मोटरसाइकल एक थान, नौ थान मोबाइल र पर्चा बरामद गरेको प्रहरीले जनाएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ