काठमाडौं । मौसममा सुधार आउन सकेको छैन । छिनमा हावाहुरी र छिनमा वर्षा हुने क्रम मुलुकभर नै हुँदै आएको छ । कहाँ कतिबेला के हुन्छ भन्ने पत्तो लगाउन नसकेरै जनजीवन बिग्रिएको छ ।
सोमबार पनि देशका पूर्वी भूभाग लगायत लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका पूर्वी भूभाग र अन्य पहाडी भेगका एक दुई स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ।
त्यस्तै रातिको समयमा देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिएको भन्दै महाशाखाले देशका पूर्वी पहाडी भेगका एक दुई स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।