arrow

गगन थापाले दिए कम्युनिस्ट सरकारलाई फेरि झड्का

logo
प्रकाशित २०७६ जेठ १४ मंगलबार
gagan11.jpg

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले शान्ति सुरक्षा दिन नसक्ने गृहमन्त्री रामबहादुर थापा बादललाई राजीनामा दिन सुझाव दिएका छन् ।

नेपाल प्रेस युनियनको २८औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विप्लवको प्रवक्ता बन्ने गृहमन्त्रीलाई पदमा बस्ने अधिकार नरहेको बताए ।

‘हामीलाई सुरक्षा दिने गृहमन्त्री चाहिएको हो’, थापाले भने, ‘तर्साउने गृहमन्त्री चाहिएको होइन । शान्तिसुरक्षा दिन नसक्ने गृहमन्त्रीले आजै राजीनामा दिनुपर्छ ।’ विप्लवले जनसेना गठन गरेको र उपत्यकालाई केन्द्र बनाएको भन्ने गृहमन्त्रीको भनाइको थापाले आलोचना गरे ।

उनले विप्लवबारे यति जानकारी राख्दाराख्दै पनि किन सुरक्षा दिन नसकेको भन्दै प्रश्न गरेका थिए । कांग्रेसका युवा नेता थापाले कम्युनिस्ट सरकारले अधिनायकवादतर्फ जान लागेको बताए । ‘राजा ज्ञानेन्द्रलाई ठेगान लगायौं’, उनले भने, ‘अब राजा बन्न खोज्नेलाई रोक्ने तागत पनि हामीसँग छ ।’ 

युवा नेता थापाले त्यसका लागि कांग्रेसको सुदृढीकरण हुन जरुरी रहेको बताए । उनले आतंक, आपराधिक घटनाको पनि विरोध गरेका छन् । नेपाली कांग्रेसले शुरू गरेको जागरण अभियानको आलोचना गरेका युवा नेता थापाले महाधिवेशन गरेर नयाँ संविधानअनुसार कांग्रेसलाई व्यवस्थापन गर्नुपर्ने बताए ।

 ‘नयाँ संविधान कांग्रेसकै नेतृत्वमा बनायौँ’, उनले भने, ‘कांग्रेसलाई नयाँ संविधान  संघीयताले चिन्दैन । अहिले अधिवेशन गरेर संविधानअनुसार कांग्रेसलाई ढाल्ने बेला जागरण अभियान चलाउनु ठीक होइन ।’

Image may contain: one or more people and indoor

नेपाली कांग्रेसका युवा नेता थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शुरू गरेको हिंसाको राजनीतिलाई कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताएका छन् । उनले विप्लवलाई हिंसाको राजनीति त्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन सुझाव दिएका छन् ।

कार्यक्रममा नेताहरू बोल्दै गर्दा हल खाली थियो । गगनको बोल्ने पालो आएपछि हल खचाखच भरिएको थियो । गगनले बोल्दै गर्दा हलमा सन्नाटा छाएको थियो । सबैले गगनको सम्बोधनलाई ध्यानपूर्वक सुनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ