भारतमा धेरै सल्बलाएको कम्युनिष्ट सकियो, अब यता पनि सकिन्छ – डा रिजाल
प्रकाशित २०७६ जेठ १४ मंगलबार
702
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले नेकपा नेतृत्वको सरकारले संविधान परिवर्तन गरेर राष्ट्रपतीय प्रणालीमा जाने तयारी गरेको बताएका बताएका छन् ।
नेपाल प्रेस युनियनको २८औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा बोल्दै नेता रिजालले भने, ‘कार्यकारी राष्ट्रपति चाहिन्छ भन्नेमा बाबुराम भट्टराईजी भित्रैदेखि कन्भिन्स हुनुहुन्छ । प्रचण्डजी अझ अधिकार चाहियो भनिरहनुभएको छ । ओलीजीलाई धेरै अधिकार चाहिएको गलत होला तर सरकारलाई धेरै अधिकार चाहिन्छ भन्ने लाइन हो उहाँको ।’
डा रिजालले नेपाली कांग्रेसलाई भारतीय कांग्रेससँग दाँज्न नमिल्ने बताए । ‘विचार दर्शनको कुरा गर्दै जाँदा हामी पुराना छैनौं’, उनले भने, ‘हामीलाई भारतीय कांग्रेससँग दाँज्न नमिल्ला । बरु उता धेरै सल्बलाएको कम्युनिष्ट सकियो, अब यता पनि सकिन्छ कि भन्नेतिर उहाँहरुले सोच्नुपर्यो ।’