यी ज्योतिषी भन्छन् -ओली नेपालको लागि मोदी बन्नसक्छन्
प्रकाशित २०७६ जेठ १४ मंगलबार
720
Shares
काठमाडौं । बेला बखत ज्योतिषीको भविष्यवाणीले सामाजिक सञ्जाल तताउने गरेको छ । ज्योतिष फाँटबाट बेलाबेला राजनीतिक मस्तिष्कलाई तताउने गरी हुने यस्ता पेडिक्सनले धेरैको मन तान्ने पनि गरेको छ । राजनीतिक परिवर्तनका नाममा बिखण्डनकारीहरूलाई अवसर दिने, राष्ट्रिय भन्दा पनि विदेशी विषयलाई महत्त्व दिने क्रियाकलापले नेपाली मनहरू विक्षिप्त भइरहेको समयमा ज्योतिषी दीपक सुवेदीले राजसंस्थाको सम्भावना सुरक्षित रहेको बताएका छन् ।
ज्योतिषी दीपक सुवेदी एक अन्तर्वार्ता दिँदै केही महत्त्वपूर्ण विषयमा भविष्यवाणी गरेका छन् । एक अन्तर्वार्ता दिँदै उनले ग्रहगोचर विषम रहेकोले अप्रत्यासित दुर्घटना घट्नसक्ने, ग्रहले दिएको अवसरको सदुपयोग गरेको खण्डमा प्रधानमन्त्री केपी ओली नेपालको लागि मोदी हुनसक्ने, नेपालको लागि वैदिक साम्यवाद उत्कृष्ट व्यवस्था हुनसक्ने लगायतका महत्त्वपूर्ण कुराहरु बताएका छन् ।
उनले प्रचण्डलाई पार्टीको नाम एकिकृत माओवादी नफाप्ने टिभिको अन्तर्वार्तामा २०७३ बैशाख एक गते बताएका थिए । त्यस लगत्तै जेठको पहिलो हप्तामै प्रचण्डले पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी केन्द्र बनाए । पार्टीको नाम परिवर्तन गरेको केही महिनामै प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेका थिए ।
उनै ज्योतिष सुवेदीको अन्तर्वार्ता फेरि सार्वजनिक भएको छ । यस पटकको अन्तर्वार्तामा सुवेदीले धर्म अध्यात्म र नेपाल भूमिको बारेमा तात्त्विक व्याख्या दर्शाउँदै देश विकासको लागि कर्म र धर्म दुबैलाई आत्मसात गरी अघि बढ्नपर्ने बताएका छन् । नेपालका वामपन्थीहरुले वैदिक साम्यवादलाई आत्मसात गर्न पर्ने उनको जिकिर छ । अन्तर्वार्तामा सुवेदीले प्रधानमन्त्रीलाई गफभन्दा कर्मयोग गर्न सुझाएका छन् । अन्यथा प्रधानमन्त्री ओलीको फोटो तासको जोक्कर पत्तीमा छापिनसक्ने डर भएको सुवेदीको तर्क छ ।