स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोबिन्दप्रसाद भट्टराइले नेपाली कांग्रेसको पराजित हुनुको पहिलो कारण आन्तरिक गुटबन्दी भएको बताएका छन् । गुट र उपगुटका कारण पार्टी उम्मेदवार पराजित भएको बताउदै चुनावी रणनीती बनाउन नजान्नु पनि दोश्रो कारण भएको बताए ।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद मुल नाराका साथ आयोजित नेपाली कांग्रेस पुतलीबजार नगरपालिका स्याङ्जाद्धारा आयोजित जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले गाँउ जागरण अभियानले कांग्रेसका एकताको सनदेश जानेगरी कार्यक्रम गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् । बर्तमान सरकार जनचाहना बमोजिम अघि बढ्न नसकेको आरोप भट्टराईको थियो । सरकार सुरक्षा परिषद सम्बन्धी बिधेयक, मिडिया काउन्सिल बिधेयक र मानवअधिकार सम्बन्धि बिधेयकलाई आफनो नियन्त्रणमा राख्दै अधिनायकबाद तर्फ जान थालेको भट्टराईको भनाई थियो ।
गाँउ जागरण अभियानका स्याङ्जा खटिएका भट्टराईले निर्वाचनमा भोगेको हारबाट पाठ सिक्दै कांग्रेसजन एकढिक्का भएर अघि बढ्न आग्रह गर्दै संबिधान अनुरुप सरकार चल्न र बिधान अनुरुप पार्टी संचालन गर्नुपर्नेमा उनको भनाई छ । कांग्रेसको हार मुलुककै हार भएकोे बताउदै सरकार दुई तिहाईको दम्भबाट चल्दा नागरिकमा नैराश्यता पैदा भएको उनले जोड दिए ।
कार्यक्रममा कृषि श्रमिक संघका केन्द्रीय अध्यक्ष विमला गैहै्र, महासमिति सदस्यद्धय तुलसी गिरी र हिरादेवी शर्मा, पुतलीबजार नगर सहसचिव धु्रवबन्धु पौडेल, तरुणदलका उपाध्यक्ष रबिन केसी, पूर्व नयाँ शक्ति पार्टीवाट कांग्रेसमा प्रवेश गरेका बिन्दु केसी लगायतले मुलुक निर्माणका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेकोमा जोड दिए । पुतलीबजार नगरसभापति बेदप्रसाद दोरंगााको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव मनोज मल्लले गरेका थिए ।
यसैबीच, पूर्व नयाँ शक्ति पाटीमा रहेर क्रियाशिल एवं फेदिखोला गाउपालिकाबाट उपाध्यक्ष पदका उम्मेदवार बिन्दु केसी नेपाली कांगे्रसमा प्रवेश गरेका छन् । मुलुक निर्माणका लागि नेपाली कांग्रेसमा आवद्ध हुनुको बिकल्प नरहेको जनाउदै केसीले सबैको बिचार, भावना र मुलुक निर्माणको एक मात्र पार्टी कांग्रेस रहेको बताए ।