गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिद्धारा ४३४ कैदीलाई सजाय माफी
प्रकाशित २०७६ जेठ १५ बुधबार
242
Shares
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा चार सय ३४ कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी छिन् ।
माधव राईसहितका कैदीलाई मन्त्रिपरिषद्को सिफारिशमा माफी दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
असल चालचलन भई कैद सजाय छोट्याउनयोग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिने गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गत वर्ष गणतन्त्र दिवसको अवसरमा छाडिएका कैदीबन्दीहरु विवादित थिएनन् । बालकृष्ण ढुंगेल छुट्दा निकै हल्लीखल्ली मच्चिएको थियो ।