arrow

७ सय २८ पूर्व सभासद्हरूले मात्रै संविधानसभा पदक पहिरिँने तयारी 

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
sital-niwas.jpeg

काठमाडौं। संविधानसभाबाट संविधान बनाएको भन्दै ७ सय २८ पूर्व सभासद्हरूले संविधानसभा पदक पहिरिँन लागेका छन्। गृह मन्त्रालयले सार्वजनिक गरेको संबिधानसभा पदक प्राप्त गर्नेको नामावली सार्वजनिक भएकालाई हिजो साँझ ५ बजेसम्मका म्याद दिएकोमा ७ सय २८ जनाले नाम दर्ता गराएको बिभुषण शाखाले जनाएको छ। गृह मन्त्रालयको विभूषण शाखामा परिचयपत्रसहित सम्पर्क गरी प्रवेशपत्र लिन गृह मन्त्रालयले गएको बुधबार सूचना जारी गरेको थियो। प्रवेशपत्र लिनका लागि बिहीबारबाट मंगलबारसम्मको समय तोकिएको थियो।

मन्त्रालयले सार्वजनिक गरेको संबिधानसभा पदक प्राप्त गर्ने १ हजार १ सय ११ जनाको नामावली सार्वजनिक गरेकोमध्ये ७ सय २८ जनाले मात्र नाम दर्ता गराएका हुन। मन्त्रालयद्वारा प्रकाशित सूचनामा ३ नम्बर पोसाकमा सभासद्हरूलाई उपस्थित हुन भनिएको छ। सुशोभन समारोहमा दुई चरणमा पदक बितरण गर्न लागिएको हो। बिहान ७ बजेदेखि क्रमसंख्या अनुसार ५ सय ५० सम्मलाई पदक बितरण गर्न लागिएको हो भने दिउसो २ बजेदेखि ५ सय ५१ देखि ११११ नम्बरका सबैलाई पदक बितरण गर्न लागिएको बिभुषण शाखाले जनाएको छ।

पहिलो चरणमा समावेश हुनेहरु बिहान सवा ७ बजेभित्र र दोस्रो चरणका लागि सवा १ बजेभित्र राष्ट्रपति कार्यालयमा पुगिसक्न भनिएको छ। तोकिएको समयभित्र आइपुग्नु भनेर सूचना नै जारी गरिएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार (जेठ १६ गते) राष्ट्रपति कार्यालयमा ११११ जनालाई संविधानसभा पदकबाट विभूषित गर्ने कार्यक्रम तय भएको छ। संविधानसभा पदक, २०६४ साल र २०७० सालका संविधानसभाका सांसदहरूलाई वितरण गर्न लागिएको हो।  ११११ जनालाई पदक दिने तयारी गरेपनि ३ सय ८३ जनाले यो पदक नलिने निर्णय गरेका छन्। जसमध्ये केही मधेसी जनअधिकार फोरम र राजपाका सभासदहरु पनि छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ