arrow

इतिहासले गलहत्याएका तत्वहरु सल्वलाउँदै छन्: प्रचण्ड

logo
जीवन शर्मा,
प्रकाशित २०७६ जेठ १५ बुधबार
prachanda_niras.jpg

ओखलढुंगा। नेपालमा पछिल्लो समयमा इतिहासले गलहत्याएका तत्वहरु सल्वलाउन थालेको नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । ११ औ गणतन्त्र दिवशको अवसरमा प्रजातन्त्र स्थापनाका योद्धा क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिल्यान्यास गर्न चिशंखुगढी गाउपालिका आएका प्रचण्डले देशमा शान्ति संझैता र सङ्घीय गणतन्त्र लाई नरुचाउने शक्तिहरु सल्वलाउन थालेको बताएका हुन् ।

नेपालमा समाजवाद उन्मूख राज्य निर्माणका लागि संविधानले बाटो खुल्ला गरीसकेको र समाजवाद ल्याउनका लागि विकास र समृद्धि अनिवार्य भएको उनले बताए । नेपाल सरकारले ल्याएका समृद्धिका सपना पुरा गर्न  सबै राजनीतिक दलहरुको एकता र सहर्का आवश्यक रहेको बताउदै उनले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाले ल्याएको सहमति सहकार्य र  एकताको स्प्रीटलाई आफुले निरन्तरता दिने प्रस्ट पारे । देश शान्ति समृद्धि र विकासको बाटोबाट अघि बढ्दै गर्दा यसलाइ नरुचाउनेहरु विभिन्न बाहानामा सल्वलाउन थालेपनि उनिहरु त्यामा सफन नहुने प्रचण्डाको भनाइ छ ।

नेपालको राजनीतिक आन्दोलमा ओखलढुंगा जिल्ला आफैमा ऐतिहासिक रहेको भन्दै  दाहालले राजनीतिक परिवर्तनमा ओखलढुंगाको पहिचान अन्तराष्ट्रिय स्तरमा समेत रहेको चर्चा गरे ।  उनले लोकतन्त्र स्थापनाका लागि निरङकुशता विरुद्ध शिर नझुकाउने क्याप्टेन यज्ञबहादुर थापाको शालिक शिल्यान्यास गर्न पाउदा आफुलाइ गौरव महसुस गरेको बताए । शहिदहरु कुनै पार्टी विशेषका नभई आम जनता र देशका हुने हुँदा शहिदलाइ सबैले सम्मान गर्नु पर्ने विचार व्यक्त गरे । 

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले विकास निर्माण र समृद्धिका लागि राजनीतिक दलहरु विच एकता छलफल संवाद र  सहकार्य बाट मात्र सम्भव हुँने बताए । चिशंखुगढी गाउपालिकामा खानेपानीकै समस्याले गर्दा मानिसहरु बसाइसराइ गर्न थाले जानकारीले आफु दुखी भएकोले भन्दै उनले तत्काल नेपाल सरकारको ध्यानाकर्षण गर्ने प्रतिवद्धता जनाए ।

त्यसैगरी चिशंखुगढीको मूख्य सडक कालोपत्रे गर्ने, शहिद परिवारलाई दश लाख दिने व्यवस्था अनुसार क्याप्टेन यज्ञ बहादुर थापाका परिवारलाई दश लाख उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने र साँघुटारसिलौरीघाट मूल सडकलाई क्या. यज्ञबहादुर थापा सडक नामाकरण गर्न पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरे  ।

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ