काठमाडौं। बुधबारजदेखि सञ्चालनमा आएको गणतन्त्र सङ्ग्रहालयमा १५० तस्बीर राखिएका छन्। नारायणहिटी दरबार सङ्ग्रहायभित्र सञ्चालनमा आएको सङ्ग्रहालय सजाउन जिम्मा पाएको राष्ट्रिय कला परिषद्ले फोटोग्राफर नारायणप्रसाद जोशी, गोपाल चित्रकार, मीन बज्राचार्य, सागर श्रेष्ठ, नरेश श्रेष्ठ, श्री डङ्गोल, श्रुति श्रेष्ठलगायत १२ जनाले खिंचेको तस्बीर राखेको छ।
गणतन्त्र स्मारकअन्तर्गत सङ्ग्रहालयमा विसं २००७ सालअघिको मुक्तिमोर्चाको कारवाही, २००७ सालको क्रान्ति र प्रजातन्त्र घोषणा, २०१५ सालको आमनिर्वाचन र शपथ, २०३६ सालको जनमतसङ्ग्रह घोषणा र आमसभा, २०४६ सालको जनआन्दोलन, राजा ज्ञानेन्द्रको समयमा भएको आन्दोलनलगायत २०६२-०६३ को दोस्रो जनआन्दोलनको तस्वीर राखिएको सङ्ग्रहालयका संयोजक तथा कला परिषद्का कार्यकारी सदस्य जीवन राजोपाध्यायले जानकारी दिए।