arrow

बस दुर्घटना

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
SA_Dhading-.jpg

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं १ स्थित महेशखोलामा दुर्घटना भएको बस ।

उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सुनौलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प १३६३ नम्बरको पर्यटक बस र काठमाडौंट केरुङतर्फ जाँदै गरेको ना ५ ख ८०६८ नम्बरको कन्टेनर आपसमा ठोकिँदा दुर्घटना भएको हो।

कन्टेनरसँग ठक्‍कर खाएर खोलामा खसेको बसका चालक लम्जुङ घर भएका २९ वर्षीय हरि न्यौपानेको मृत्यु भएको जनाएको छ ।  दुर्घटनामा १९ जना यात्रुहरु घाइते भएका छन् भने ८ जनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ