arrow

फेसबुकमार्फत पत्रकारलाई गाली गर्ने ज्ञानबहादुर समात्न पुगेका ६ प्रहरी घाइते

logo
प्रकाशित २०७६ जेठ १६ बिहिबार
facebook.jpg

सुर्खेत। पत्रकारलाई गालीगलौज गरेको आरोपमा जिल्ला प्रहरीले ३२ वर्षीय ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई पक्राउ गरेको छ ।  

सामाजिक सञ्जाल फेसबुकमार्फत गएको वैशाख १८ गते ‘कर्णाली प्रदेशका सबै पत्रकारहरु चोर, कुकुर हुन्’ भनी उनीहरूको इज्जतमा खलल पुर्‍याएको आरोपमा शाहीविरुद्ध उजुरी परेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

उनका अनुसार शाहीलाई कानूनबमोजिम कारवाही गर्न नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्षद्वय दुर्गा थापा र गणेशकञ्चन भारतीले जिल्ला प्रहरी कार्यालयमार्फत काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा लिखित जाहेरी गरेका थिए ।

सोही बमोजिम शाही विरुद्ध विद्युतीय अपराधअन्तर्गत मुद्दा दर्ता भई अदालतबाट पक्राउ आदेश जारी भएकाले उनलाई नियन्त्रणमा लिइएको उनले बताए।

शाहीलाई समात्न खोज्दा अवरोध पुर्‍याउने दुई महिला र छ पुरुषलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

उक्त घटनामा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हबलदार प्रकाश बुढा, प्रहरी जवानहरु जीतबहादुर बोहोरा, हस्त सिंह, रामसागर बर्मा र पवन सुवेदी घाइते भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ