arrow

मौसमको खराबीका कारण उडान प्रभावित

logo
प्रकाशित २०७६ जेठ १६ बिहिबार
plane-air.jpeg

काठमाडौं ।  प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मौसमको खराबीले अपराह्नदेखि विमानस्थलको अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।

 अन्तर्राष्ट्रियतर्फ केही उडान रद्द तथा उडान अन्यत्र मोडिने ‘डाइभर्ड’ भएका छन् भने आन्तरिकतर्फ पनि निर्धारित उडान तालिकाभन्दा ढिलो गरी उडान भएको छ ।

महाप्रबन्धक क्षेत्रीका अनुसार ‘इन रुट’ मा मौसमको खराबी जनाउँदै तिब्बत एयरलाइन्सले उडान रद्द गरेको छ, भने चाइना एयरलाइन्स डाइभर्ड भई भारतको कोलकत्ता पठाइएको छ ।

अपराह्नदेखि मौसम बदली भई भिजिबिलिटी कम रहेकाले उडानमा समस्या आएको हो । खासगरी उत्तरी क्षेत्रमा बाक्लो कुइरो र बादल लागेको छ । उत्तरतर्फबाहेकका अन्य रुटबाट आउने अन्तर्राष्ट्रिय उडानमा समस्या नरहेको तथा आन्तरिक उडान भने सञ्चालन भइरहेको महाप्रबन्धक क्षेत्रीले बताए।

विमानस्थल १०० अन्तर्राष्ट्रियसहित दैनिक ४०० हाराहारीमा उडान हुने गरेको छ । मौसम पूर्वानुमान महाशाखाले आज विज्ञप्ति निकालेर आगामी तीन दिनसम्म देशका पूर्वी, मध्य तथा पश्चिमका पहाडी क्षेत्रमा बदली रही मेघ गर्जन हावाहुरीसहितको वर्षा हुने जनाएको छ ।

 आज दिउँसो चर्को घाम लागे पनि अपराह्नदेखि काठमाडौँ उपत्यकासहितका स्थानमा बदली र हल्का वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ११ मिलिमिटर वर्षा भएको छ । यसअघि हिजो १६ मिलिमिटर वर्षा भएको थियो । काठमाडौँको अधिकतम तापक्रम ३० र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ