arrow

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान स्थापना

logo
प्रकाशित २०७६ जेठ १६ बिहिबार
rabindra-adhikari-uml.jpeg

पोखरा । पूर्वमन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीका स्मृतिमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान स्थापना भएको छ ।

प्रतिष्ठान तदर्थ समितिका अध्यक्षमा नेता अधिकारीकी पत्नी विद्या भट्टराई, उपाध्यक्षमा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा र महासचिवमा धनराज आचार्य रहेका छन्।   प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १८ गते प्रतिष्ठानको औपचारिक घोषणा गर्ने जनाइएको छ ।

पोखरामा बिहिबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठान तदर्थ समितिका अध्यक्ष भट्टराईले जनताका नेता अधिकारीको विचार र राष्ट्रका लागि उनले पुर्‍याएको योगदानलाई चिरस्थायी बनाउन  प्रतिष्ठान स्थापना गरिएको बताए  । उनले  विकास, राजनीति र संस्कृतिको अनुसन्धानमा जोड दिने,  विश्वविद्यालय स्थापना गर्ने तथा प्राविधिक क्षेत्रमा मानव स्रोत संसाधनको विकास गर्न प्रतिष्ठान लागिरहने जानकारी पनि दिए ।

प्रतिष्ठानका उपाध्यक्ष थापाले अन्य प्रतिष्ठानभन्दा रवीन्द्र अधिकारी प्रतिष्ठान फरक रहने र यसले अधिकारीको नामलाई जनजनमा चिरस्थायी बनाउने बताए । प्रतिष्ठानका महासचिव आचार्यले प्रतिष्ठान गैरनाफामूलक संस्था रहने र यसमा तीन किसिमका सदस्यता रहने जानकारी दिए।

साधारण सदस्यका लागि रु पाँच सय र  आजीवन सदस्यका लागि रु पाँच  हजार तथा विशिष्ट सदस्यका लागि रु एक लाख शुल्क लाग्ने बताइएको छ ।  युवा नेता अधिकारीको पाथीभरा क्षेत्रमा हवाई दुर्घटनामा परी गत फागुन १५ गते ५० वर्षका उमेरमा निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ