सूर्तिजन्य पर्दाथको सेवनले नेपालमा बर्षेनी २५ हजारको मृत्यु
सबैभन्दा बढी गरिब तथा अशिक्षित बर्ग
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
1.8k
Shares
काठमाडौं। सूर्तिजन्य पर्दाथ प्रयोगले कुनै न कुनै प्रकारको क्यान्सर वा दम रोग निम्त्याइरहेको छ। बिश्वमा क्यान्सर र दम नगर्ने कुनै पनि प्रकारको सूर्तिजन्य पर्दाथ नभएको चिकित्सकहरु बताउछन। नेपालमा दमका बिरामी १३ गुणाले बढेको पाइएको छ भने फोक्सोका क्यान्सर भएका मध्ये ९० प्रतिशतको मृत्यु हुने गरेको तथ्यांक छ।
गरिब तथा अशिक्षित बर्गका महिला पुरुषले बढी सूर्तिजन्य पर्दाथको सेवन गर्ने गरेका छन। करीब १ हजार जनामा गरेको अध्ययन अनुसार ७५ प्रतिशत अशिक्षित तथा गरीब बर्गले सूर्तिजन्य पर्दाथको सेवन अत्यधिक गर्ने गरेको देखिएको छ। मुगुमा गरेको अध्ययनमा त्यहा चुरोट नखाने कोइ नभएको मुटु शल्य चिकित्सक भगवान कोइरालाले बताए।
एक दशकमा मर्नेको संख्या १० हजार बढ्यो
सूर्तिजन्य पर्दाथको सेवनले एक दशक अघि बर्षेनी १५ हजारको मृत्यु हुने गरेकोमा अहिले यो सख्या बढेर २५ हजार नाघेको छ। एसिया प्यासिफिक द युनियनका क्षेत्रिय उपनिर्देशक डा तारासिंह बमले बर्षेनी सूर्तिजन्य पर्दाथको सेवनले मृत्यु हुनेको संख्या बढ्दै गई एक दशकमा १० हजार पुगेको बताए। यसले मुटु तथा क्यान्सरको रोग लागेर आर्थिक क्षति र उत्पादकत्वमा समेत क्षति हुदै जानुका साथै अस्पतालहरुमा दम,मुटु तथा
क्यान्सर बिरामीको संख्या बढदै गएको छ। सूर्तिजन्य पर्दाथको कारण मुटु तथा क्यान्सर रोग लागेर उपचारमा लागत अत्यधिक बढदै गएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययनले देखाएको छ। विश्वभर सूर्तीजन्य पदार्थको प्रयोगका कारण हरेक वर्ष ७० लाख र प्रयोग नगरेपनि त्यसको प्रभावका कारण ६ लाख जनाको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पनि बर्षेनी २५ देखि २७ हजारले ज्यान गुमाइरहेका छन भने दैनिक ७५ जनाको मृत्यु भइरहेको छ।
यसको प्रयोग नरोकिए आउँदो सन् २०३० सम्म ८० लाखले ज्यान गुमाउनुपर्ने र जसमध्ये ८० प्रतिशत न्यून र मध्यम आय भएका देशका नागरिक रहने संगठनले जनाएको छ। सूर्तिजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
चुरोट सूर्ति खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि असर गर्छ। धुमपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको छ भने पछिल्लो तथ्याङक अनुसार यसले शरिरका कुनै पनि अंगमा कुनै पनि बेला असर पार्ने देखाएको छ। गर्भवती भएका बेला सूर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो बिगार्ने अनुसन्धानकर्ताले बताएका छन्।
सूर्तिजन्य पदार्थको प्रयोगले बर्षेनी हजारौँ मानिसले क्यान्सर, मुटु, ह्दयाघात, स्ट्रोकजस्ता समस्याबाट ज्यान गुमाउने गरेको सरकारले जनाएको छ। दीर्घकालीन असर. धूमपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्नेलाई पछि गएर मुखको क्यान्सर हुने ९० प्रतिशत सम्भावना हुन्छ। लामो समयसम्म चुरोट खानेहरुको मुखको भित्रीभागको छालामा मसिनो मसिनो बिबिरा आउने र पछि गएर त्यसले क्यान्सरको रूप लिने हुन सक्छ। सूर्तिजन्य पदार्थ, सुपारीजन्य पदार्थ, अन्य अखाद्य पदार्थको सेवन, मद्यपान र रासायनिक पदार्थको प्रयोग गर्नेहरूलाई पनि मुखको क्यान्सरले सताउन सक्छ।
विश्व धुमपान रहित दिवसः सूर्तीजन्य पदार्थ र फोक्सोको स्वास्थ्य
आज मे ३१ तारिख, विश्व धुमपान रहित दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदैछ। यस बर्ष सूर्तीजन्य पदार्थ र फोक्सोको स्वास्थ्य नारा तय गरिएको छ। दिवसको अवसरमा विभिन्न चेतनामुलक कार्यक्रमका साथै सुर्तिजन्य पदार्थले मानव स्वास्थ्ययमा पार्ने असरका बारेमा बिभिन्न नारा र ब्यानरका साथ नगर परिक्रमा गरि विश्व धुमपान रहीत दिवस मनाएका छन। स्वास्थ्यका क्षेत्रमा काम गर्ने संघ सस्थाले सूर्तीजन्य पदार्थका कारण हुने स्वास्थ्य समस्या प्रति जनचेतना जगाउनुका साथै यसको खपत कम गर्न प्रभावकारी नीतिको वकालत गर्ने गरेका छन्।
विश्व स्वास्थ्य सभाले सन् १९८७ देखि सूर्तीजन्य पदार्थको जोखिमका विषयमा विश्वव्यापी ध्यान केन्द्रित गर्न सूर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने निर्णय गरेयता विश्वव्यापी रुपमा यो दिवस मनाईंदै आएको छ। यो दिवसले सूर्तीजन्य उद्योगहरुका गलत र हानीकारक रणनीतिका बारेमा नीति निर्माता र आम नागरिकलाई शिक्षित गर्ने उद्धेश्य लिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनले सूर्तीजन्य पदार्थको जोखिम नियन्त्रणका लागि सूर्तीजन्य उद्योगको हस्तक्षेपका सबै प्रयासहरुका विरुद्ध लड्न विश्वभरका देशहरुलाई आग्रह गरेको छ।
नेपालमा सुर्तिजन्य पर्दाथमा कर
बिश्व स्वास्थ्य संगठन र बिश्व बैंकको निर्देशन अनुसार सुर्तिजन्य पर्दाथमा ६६ प्रतिशत कर लगाउनुपर्नेमा नेपालले करीब ३० प्रतिशत मात्र कर लगाउने गरेको छ। दक्षिण एशियामा नै नेपालले लगाउने गरेको कर सबैभन्दा कम रहेको एक्सन नेपालले जनाएको छ ।