arrow

पाँच प्रहरी अधिकृत पुरस्कृत, पाए पच्चीस सय रुपैयाँ

logo
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
Nepali-police-officer-with-dog.jpeg

काठमाडौं ।  नेपाल प्रहरीले राम्रो काम गर्ने पाँच प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ ।  प्रहरी प्रधान कार्यालयले विभागीय नीति निर्देशनलाई आत्मसात् गरी निर्दिष्ट जिम्मेवारी तदारुकता साथ पालना गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने पाँच प्रहरी अधिकृतलाई बिहीबार जनही  दुई हजार ५०० नगदसहित पुरस्कृत गरेको हो ।

 पुरस्कृत हुनेमा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङ, दानबहादुर कार्की, मुकुन्द मरासिनी, प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेल र प्रहरी निरीक्षक गोविन्द पन्थी रहेका छन् ।

पुरस्कृत प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नगदसहित सम्मान पत्र प्रदान गरेका थिए । पुरस्कृत हुनेमध्ये खापुङ र पन्थीले कर्मचारी प्रशासन शाखामा रहेर कर्मचारीको सरुवा, बढुवामा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो भने कार्कीले प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर महत्वपूर्ण योगदान गरेका थिए ।

यस्तै कँडेलले सरुवा, बढुवा भएका कर्मचारीलाई सम्बन्धित ठाउँमा पठाउन महत्वपूर्ण भूमिका खेलेका थिए भने मरासिनीले प्रहरी प्रधान कार्यालयको निर्णयलाई शत्प्रतिशत कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

खनाल महानिरीक्षक भएपछि प्रहरी सङ्गठनमा राम्रो काम गर्ने पाँच हजार ५०० प्रहरी कर्मचारीलाई पुरस्कृत तथा तीन हजार ६५० कर्मचारीलाई कारवाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ