arrow

प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने बामदेवको माग

logo
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
bamdev-news-a.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य बामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।

एक अन्तर्वार्तामा प्रचण्डले सहमतिविपरित कुरा गर्न थालियो भने चिज अर्को ढंगले जाने बताएसँगै गौतमको यस्तो प्रतिक्रिया आएको हो ।

प्यूठान पुगेका गौतमले पत्रकार सम्मेलनमा पार्टी एकता गर्दा भएको सहमतिमा दायाँबायाँ गर्न नहुने बताए । उनले  समृद्ध मुलुक निर्माणको सुरुवात भएकोले यसको कार्यान्वयका लागि समेत सहमति कार्यान्वयन आवश्यक भएको बताए ।

गौतमले भने ‘नेकपाले पाँच वर्ष सरकार सञ्चालनको जिम्मा पाएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले पालोपालो सरकार चलाउने सहमति भैसकेको छ । त्यही अनुसार सरकारको नेतृत्व परिवर्तन हुन्छ ।'

यसअघि प्रचण्डले प्रधानमन्त्री ओलीले साढे दुई वर्षपछि प्रधानमन्त्री छाड्नु हुन्न भन्ने कल्पना गर्न नसकिने बताउदै आएका छन् । त्यस लगत्तै ओली दाहालबचीको गोप्य भनिएको सहमति सार्वजनिक भएको थियो  ।

नेकपाको सचिवालय बैठक सरेको छ। बैसाख १८ मा बस्ने भनिएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिपछि २ दिन पछाडि सारिएको हो। अर्को बैठक २० गतेका तोकिएको छ।

प्रधानमन्त्री ओली भारत जानु परेकाले गृहकार्य गर्न नभ्याएको भन्दै २ दिनलाई बैठक सार्न दुवै अध्यक्ष सहमत भएको बताइएको छ। शनिबार बस्ने भनिएको सचिवालय बैठकमा पोलिटब्युरो र विभागहरु गठन गर्ने कार्यसूची तोकिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ