arrow

पार्टी एकताको समझदारीलाई अनावश्यक नउचाल्न आग्रह

logo
प्रकाशित २०७६ जेठ १८ शनिबार
prachanda_niras.jpg

बिराटनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण इमान्दारीका साथ कार्यन्वयन गरिने बताएका छन् ।

शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टी एकताका समयमा भएको समझदारीलाई अनावश्यक उचाल्न नहुने धारणा व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै अध्यक्ष लागिरहेकाले नेता, कार्यकर्ता, शुभेच्छुक र जनतामा अनावश्यक रुपमा विभाजित नहुन आग्रह गरेका छन् । उहाँले पार्टी एकता सैद्धान्तिक र व्यवहारिक भएको बताउँदै यसबाट पार्टी अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीच भएको समझदारी कुनै नयाँ कुरा नभएकाले यस विषयलाई अतिरञ्जित नबनाउन सञ्चारकर्मीसँग आग्रह गरेका छन्। दुई पार्टीबीच भएको निर्णय पार्टीले इमान्दारीका साथ कार्यान्वयन गर्ने उनले बताए। उनले भारतमा विदेशमन्त्री परिवर्तनले नेपाल भारत सम्बन्धमा कुनै तात्विक असर नपर्ने उल्लेख गरेका छन् ।

अध्यक्ष प्रचण्डले यही जेठ २० गते बस्ने सचिवालय बैठकले पार्टी एकीकरणका बाँकी मुद्दा र नेता कार्यकर्ताको कार्य विभाजन गर्ने जानकारी दिएका छन् ।

प्रचण्डको प्रम पदमा दाबी र निराश ओली, सम्बन्धमा चिसोपन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ