arrow

जलवायु परिवर्तनबाट ग्रामीण क्षेत्रका महिला बढी प्रभावित

logo
प्रकाशित २०७६ जेठ १८ शनिबार
climate-change-south-asia.jpg

काठमाडौं। जलवायु परिवर्तनबाट ग्रामीण क्षेत्रका महिला बढी प्रभावित बन्ने गरेको एक अध्ययनले देखाएको छ । दैलेख जिल्लाका केही गाउँहरुमा गरिएको कार्यमूलक अनुसन्धानका नतीजाहरुमा आधारित अध्ययनमा जलवायु परिवर्तनबाट सिर्जित समस्याको पहिलो प्रभाव महिलाले भोग्नु परेको आज यहाँ आयोजित अन्तक्र्रियामा प्रकाश पारियो ।

नेपाल सहभागीमूलक कार्य समूह (नेपान) द्वारा आयोजित ‘महिलाहरुको पारिश्रमिक विहीन सेवा कार्य र विकासमा उनीहरुको नेतृत्वमाथि जलवायु परिवर्तनले पारेको असर’ विषयक अन्तक्रियामा जलवायु परिवर्तनको समस्या समाधानका लागि सबै क्षेत्रबाट सहभागीमूलक ढङ्गले गर्नुपर्ने उपायहरुमा छलफल भएको थियो । सहभागीहरुले जलवायु परिवर्तनबाट महिलाको पारिश्रमिक बिनाको सेवामूलक कार्यमा बढी असर परेको र त्यसले गर्दा विकास कार्य र सामाजिक सहभागितामा समेत प्रभाव परेको धारणा राखे ।

नेपान अध्यक्ष चेतनाथ कणेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा उक्त कार्यमूलक अनुसन्धानमा हेल्भेटास नेपालको कोपिला नामक परियोजनाका तर्फबाट नेतृत्वदायी भूमिका खेल्नुभएकी उषा अर्याल (दाहाल)ले कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।

कार्यपत्रमाथि नेपान सदस्यहरु तोया गौतम, लालबहादुर वली, रुपा बस्नेत, सिंहबहादुर खड्का, दिवेश सायमी, गोविन्दराज पौडेल र एजिङ नेपालकी सञ्जु थापाले टिप्पणी गरेकी थिईन्। ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ