arrow

१५ वर्षीया शीतलका हत्यारा पक्राउ

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
pakrau.JPG

पाँचथर । हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यापछि फरार रहेका पद्म तामाङ पक्राउ परेका छन् ।

जिल्ला  प्रहरी कार्यालयका  प्रमुख तथा प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार तामाङलाई झापाको दमकबाट आज पक्राउ गरिएको हो ।

फाल्गुनन्द गाउँपालिका निवासी तामाङले छिमेकी साथी भगिरथ बाँस्तोलाको सहयोगमा गत वैशाख २९ गते साँझ शीतललाई  गाउँमा रहेको खाली घरमा बोलाएर घाँटी रेटी हत्या गरेका थिए ।

 तामाङलाई प्रहरीले भोलिपल्टै पक्राउ गरे पनि उनी भाग्न सफल भएका थिए । उक्त कार्यालयका साथै जिल्लाका विभिन्न प्रहरी एकाइको सहकार्यमा तामाङलाई पुनःपक्राउ गरिएका प्रनाउ कुँवरले जानकारी दिए।

उनको पक्राउका लागि विद्यार्थी र नागरिक समाजले दबाब दिँदै आएका थिए । पद्म र शीतलबीच प्रेम सम्बन्ध रहेको र सम्बन्धमा खटपट आएपछि उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

तामाङ पक्राउ परेसँगै हत्याको मूलकारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ