arrow

परिवारको गुजारा टार्न गएकी चदारालाई माटोको ढिस्कोले पुर्‍यो

logo
राम बहादुर बि.क,
प्रकाशित २०७६ जेठ १९ आइतबार
photo7.jpg

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका वडा नं. ८ मा रहेको रानीवनमा २८ वर्षीया पुनी चदारा माटोको ढिस्कोमा पुरिएर गम्भिर घाइते भएकी छन् । बडीमालिका नगरपालिका वडा नं. ९ रहेको गैरिबजारकि २८ वर्षिया पुनी चंदाराको पाईपलाइन खन्ने क्रममा माथीबाट आएको माटोको ढिस्कोमा पुरिएर गम्भिर घाइते भएकी हुन् ।

बडीमालिका नगरपालिकाको वडा नं. ८ मा रहेको रानिवनमा खानेपानीको पाईपलाईनमा काम गरिरहेको बेला विहान करिव १० बजे तिर माटोको ढिस्कोमा परेर गम्भिर घाइते भएकी उनका आफन्त बताएका छन् । घाइते चंदाराले बालवालिकाको पढाई खर्च र पारिवारिक जोहो गर्नका लागि उक्त खानेपानीमा काम गर्नका लागि गएको बताएकी छन्  ।

बडीमालिका नगरपालिका वडा नं. ९ मा रहेका माझगाउँ र गैरीबजारका लागि निर्माण भईरहेको खानेपानी योजनामा काम गर्न गएकी पुनी चंदाराको माटोको ढिस्कोमा च्यापिएर हात, खुट्टा, ढाडमा गम्भीर चोट लागेको छ । माटोको ढिस्कोले च्यापिएर गम्भिर घाइते भएकी पुनी चंदाराको उपचारका लागि बाजुरा जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

बाजुरा जिल्लाका धेरै जसो ग्रामिण क्षेत्रहरुमा अहिले विभिन्न विकास निर्माणका कामहरु तिर्वगतीमा निर्माण भईरहेका छन् । उक्त विकास निर्माणमा धेरै जसो महिलाहरुले काम गरिरहेको देखिएको छ । माटोको ढिस्कोले पुरिएर गम्भिर घाइते भएकी चंदाराका श्रीमान रोजगारीको शिलसिलामा ६ महिना अगाडी दुवईमा काम गर्न गएका छन् । घाइते पनी चदाराका दुई छोरा १ छोरी रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ