arrow

तीन जीप र एक मोटरसाइकल जुधे, कृषि पत्रकारसहित २ को मृत्यु

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
dead2.jpg

काठमाडौं । काठमाडौंमा भएको सवारी दूर्घटनामा एक पत्रकार सहित २ जनाको ज्यान भएको छ । सानेपा प्रहरीले दिएको जानकारी अनुसार आईतबार अपराह्न ४ बजेतिर सानेपामा सो दूर्घटना भएको थियो । दूर्घटनामा तीन जीप र एक मोटरसाइकल एक आपसमा ठोकिएका थिए ।

दूर्घटनामा नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद शर्मा घिमिरेको ज्यान गएको प्रहरीले जनाएको छ । लामो समय कृषि पत्रकारको रुपमा काम गरेका उनी कृषि टेलिभिजनमा समेत कार्यरत थिए । अहिले उनी युट्युब च्यानल किसान का सञ्चालक समेत छन् । मृतक दुबैको नर्भिक अस्पतालमा ज्यान गएको हो ।

तीब्र गतिमा आएका बा १६ च ४७४३ नम्बरको स्कार्पियो, बा ११ च ८९३९ र बा १२ च ५७७६ कारसँग बा ४३ प ९८६३ नम्बरको मोटरसाइक एक आपसमा ठोक्किए घिमिरेको निधन भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ