arrow

चट्याङ लागेर एक जनाको मृत्यु

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
dead2.jpg

रुकुम ।  रुकुम (पूर्व)मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको भुमे गाउँपालिका ७ गुनाममा शनिबार राती परेको चट्याङ्का कारण ४१ वर्षिया फिरु बुढाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनको घरमा परेको चट्याङका कारण घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का प्रहरी निरीक्ष ओमप्रसाद पौडेलले जानकारी दिए ।

चट्याङ लागेर सोही ठाउँका ६० वर्षिया मनमारी सुनार र रथबहादुर बुढा घाइते भएको उनले बताए । घाइतेहरुको रोल्पाको थवाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ