- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले आर्थिक बर्ष ०७६-०७७ को बजेटमा नेकपाको बिकास दर्शन नभेटाएको बताएका छन् । मंगलबार बजेट माथिको छलफलमा सांसद थापाले सरकार बजेटमा चुकेको बताए ।
पूर्व स्वास्थमन्त्री समेत रहेका थापाले भने,' श्वेत्रपत्रमार्फत अर्थमन्त्रीले ढाट्नभयो । त्यसलाई टेकेर प्रधानमन्त्रीले ढाट्नुभयो । तथ्य र तथ्याङ्कमा टेकेर प्रश्न गर्दा उत्तर आयो -हल्ला गर्छस् बहुमत छ ।' गत बर्ष बजेट प्रस्तुत गर्दा आर्थिक बृद्धि, राजस्व परिचालन, पुजीगत खर्च, रोजगारी श्रृजना सबै तथ्याङ्क प्रस्तुत भयो । यो सबैमा सरकार चुक्यो । तर पनि बजेटमा शानका साथ लेखेको छ यो बर्ष गज्जब भयो । हामी भन्छौ प्रमाण दिनुहोस । सरकार भन्छ बहुमत देखेको छैनस् ।'
साथै उनले नेपालको पुजिवाद यार पुजिवाद रहेको बताए । उनले भने, 'नेकपासँग संख्या छ सिदान्त छैन मैले भनेको होइन लाज मानिमान नेकपाका नेताहरु सार्वजनीक मंचमा सिद्धान्त खोजी रहनुभएको छ । संसदमा त्यहि भन्नुहुन्छ । । बरु हामीलाई पो सोध्नुहुन्छ बजेटमा के के हुनपर्थ्यो ।' उनले सोधे यस्तो बलियो सरकारले नेपालमा भएका मध्ये सबैभन्दा विद्वान व्यक्तिलाई अर्थमन्त्री पाएको छ यत्रो विद्वान अर्थमन्त्री पाउदा देशले के पाउने ?
थापाले बजेटमा उल्लेख गरिएको सामाजिक सुरक्षा भत्ता बढाउने प्रावधान बेठिक हो भनेर उभिन काँग्रेसलाई चुनौति दिने नेकपाका महासचिव विष्णु पौडेललाई काउन्टर दिएका छन् । थापाले 'मेरो हिम्मत छ' भन्दै जवाफ फर्काए। उनले आफूले विगतमा पनि शेरबहादुर देउवा सरकारले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिने र ५ हजार पुर्याउने निर्णयको विरोध गरेको उदाहरण पेश गरे।
थापाले भने 'पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले बिदा लिँदै गर्दा ६५ वर्षको उमेरमा ५ हजार वृद्धभत्ता पुर्याउँछु भन्दै गर्दा हचुवाको भरमा वृद्धभत्ता बढाउन पाँइदैन भनेर विरोध गरेको मात्र होइन। कानुन बनाउँदै गर्दा ७० वर्षलाई आधार वर्ष बनाउनुपर्छ उमेर झार्न पाइन्न भनेर संशोधनकर्ता सांसद हुँ म ।
उनले भने, 'सामाजिक सुरक्षाका यतिधेरै कार्यक्रम छन्। एकीकरण गर्ने, र्यासनलाइज गर्ने, कसलाई युनिभर्सल बनाउने, कसलाई टार्गेटेड बनाउने, कसलाई उत्पादनसँग जोड्ने भनेर छुट्याउने। सबभन्दा ठूलो कुरा भनेको सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र होइन गैरनगद प्रबन्धबाट तीन हजारमात्र हैन तीस हजारको सुविधा प्राप्त गर्ने अवस्था के यसको विषयमा छलफल गर्ने कुरा वाञ्छनिय छैन?’