arrow

प्रधानमन्त्री आफैले गरेको सहमति पालना गर्नुहुन्छ – झलनाथ खनाल

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
oli-prachanda-madhav-jhalanath.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमति पालना हुने बताएका छन् । 

पछिल्लो समय प्रचण्ड र ओलीबीच कुर्सीको विषयलाई लिएर दोहोरी चलिरहेका सन्दर्भमा नेता खनालले दुवै नेताबीचको सहमति पालना हुने बताएका हुन् । 

उनले भने, ‘प्रधानमन्त्री ज्यू आफैले गरेको सहमति पालना गर्नकै लागि हो उहाँ आफैले गरेको सहमति पालना गर्नुहुन्छ ।’

पालना नगरे के गर्ने ? भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गर्दै भने, ‘सहमति नै पालना नहुने भन्ने पनि हुन्छ र ?’

नेता खनालले आशंका व्यक्त गर्दै भने, ‘नेताहरुबीच सहमति भएको भए पालना होला । आधा–आधा होला । अनि कार्यान्वयन पनि हुन सक्ला । नयाँ सहमति पनि हुन सक्ला ।’

ओली र प्रचण्डबीच एक व्यक्ति एक पदको जिकिर बढ्दो छ । ओलीले सरकारको नेतृत्व पनि गर्ने र पार्टीको मुख्य बागडोर पनि सम्हालेको सन्दर्भमा प्रचण्डले अब सत्ता हस्तान्तरण हुनुपर्नेमा रहेको देखिन्छ । 

उनले पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्तिमा अहिलेसम्म रहेको र हुनुपर्नेमा जोड दिँदै भने, ‘तर तलका इकाइको हकमा भने एक व्यक्ति एक पद नै ठीक हो ।’

तर उनले सहमति दायाँबायाँ नहुने भन्दै दुई नेताबीचको सहमति पालना हुनुपर्नेमा जोड दिएका छन् । 

२०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । 

तीन महिनाभित्र पूर्ण एकता हुने र कार्यविभाजन हुने बताइए पनि एक वर्ष नाघ्दासमेत यो कार्य पूरा हुन सकेको छैन । 

एकताको दुई वर्षभित्र महाधिवेशन गर्ने भनिए पनि त्यो समेत पूरा हुने लक्षण देखिँदैन । 

पछिल्लो समय आधा आधा समय सरकारको नेतृत्व गर्ने विषयमा ओली र प्रचण्डबीच सहमति भएको चर्चाले ठाउँ पाएको छ । पार्टीको नीति बनिनसकेको अवस्थामा सत्ताले मात्र स्थान पाइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ