arrow

मेयरले नाक भाच्ने धम्कि दिएकै बेला अर्का पत्रकारमाथि आक्रमण, युनियनको बिरोध

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
patrakar.JPG

काठमाडौं ।  नेपाल पत्रकार महासंघ धनकुटाका कार्यकारी सदस्य तथा  डि वि आर टेलिभिजन धरानका प्रमुख दिल वहादुर राई (आशिष) लाई मंगलवार राती टेलिभिजनको कार्यालयमा काम गरिरहेको अवस्थामा केही यूवाहरुले धारिलो हतियारले आक्रमण गरी घाईते बनाएकोमा नेपाल प्रेस युनियनले गम्भिर ध्यानाकर्षण जनाएको छ  ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार विज्ञप्ति जारी गर्दै, 'पत्रकारको नाक भाच्न एक करोड छुट्टयाएको भनेर सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक रूपमा धम्की दिएकै बेला सुनसरीको धरान उपमहानगरपालिकामा भएको यो आक्रमण मौलाउँदो दण्डहिनाताको नमुना हो' भनेका छन् ।

समाचार लेखेकै भरमा पत्रकार राईलाई आक्रमण गरी घाईते बनाएको घट्नाको युनियनले घोर भत्सना र विरोध गर्दै तत्काल आक्रमणकारीहरुलाई पक्राउ गरी कडा भन्दा कडा कारवाहीको माग गरेको छ । साथै वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत पत्रकार राईको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ