arrow

मुक्तिनाथबाट राप्रपाको स्वाभिमान यात्रा

हिन्दुराष्ट्र बनाएरै छाड्ने उद्घोष

logo
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
Muktinath.jpg

मुस्ताङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा दोस्रो चरणको स्वाभिमान यात्रा आजदेखी मुक्तिनाथमा धार्मिक अनुष्ठान गरि शुभारम्भ गरिएको छ । अनुष्ठानमा पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ ,नेताहरु भिम प्रसाद गौचन, तोरण गुरुङ, हेमजङ्ग गुरुङ, सुशील कुमार श्रेष्ठ, भुवन पाठक लगायतका नेताहरुको सहभागी थियो ।  धार्मिक अनुष्ठान पछि रानिपौवामा आयोजित सभालाई अध्यक्ष थापाले सम्बोधन गरेका थिए ।

आजै मुस्ताङको सदरमुकाम जोमसोममा आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले हिन्दुत्व नेपाल र नेपाली जनताको गौरवशाली पहिचान भएको  चर्चा गर्दै सर्ब धर्म समभाव सहितको हिन्दुराष्ट्र आवश्यक भएको बताए । उनले सनातन धर्म भनेको हिन्दु धर्म मात्र नभएको भन्दै हिन्दु, बौद्ध र किरात धर्मलाई कमजोर बनाउने षडयन्त्रको भण्डाफोर गर्नुपर्ने बताए । सनातन धर्म विस्थापित गर्ने कार्यलाई मुकदर्शक भएर टुलुटुलु हेरिरहन नसकिने उनले स्पष्ट पारे।

 बेनि–जोमसोम–कोरला मार्ग निर्माण गर्न समेत सो अवसरमा थापाले सरकारको ध्यानाकर्षण गराए । भ्रष्टाचार र कुशासन मौलाएको प्रती उनको तिब्र आक्रोस थियो । मुलुकको निमित्त राप्रपाले बोकेको विचारले मात्र निकास दिन सक्ने भन्दै राष्ट्रवादी शक्तिलाई बलियो बनाउन मुस्ताङबासीको सहयोगको उनले अपेक्षा गरे।स्वाभिमान यात्रा प्रती मुस्ताङबासीले देखाएको सद्भाव र सहयोगको निमित्त अध्यक्ष थापाले धन्यवाद समेत दिए ।

 सभालाई सम्बोधन गर्दै बालसन्त मोहनशरण देवाचार्यले धर्म निरपेक्षले धर्म, आचारण, मर्यादा र अनुशासनबाट च्युत गराएको भन्दै धर्म निरपेक्षता मुलुकको लागि हितकर नभएको दावी गर्नुभयो । सबैको अभिभावकीय भूमिका खेल्नको निमित्त र ओमकार परिवारको रक्षाको लागि हिन्दुराष्ट्र अत्यावश्यक भएकोले यो अभियानमा सबैको साथ र सहयोगको उनले अपेक्षा गरेका थिए।

 बाल सन्त देवाचार्यले दिप प्रज्वलन गरेर स्वाभिमान यात्रलाई शुभकामना दिनुभएको थियो । कार्यक्रममा बोल्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले देशको राष्ट्रियता, धर्म सस्कृती र पहिचान माथी चौतर्फी हमला भईरहेको भन्दै त्यसको जगेर्नाको निमित्त जनता जागरुक हुनुपर्नेमा जोड दिए ।

 सो अवसरमा नेताहरु भिम प्रसाद गौचन, हेमजङ्ग गुरुङ लगायतले हिन्दुराष्ट्रको आवश्यकताको चर्चा गर्नुभएको थियो । कार्यक्रममा मुस्ताङका लोकप्रिय नेता स्वर्गीय नर बहादुर हिराचनको स्मरण समेत गरिएको थियो । मुक्तिनाथबाट शुरु भएको यात्रा म्याग्दी, बागलुङ, पर्वत, कास्की, लमजुङ हुँदै जेष्ठ २७ गते गोरखा पुगेर समापन गरिने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ