arrow

डोटीमा चट्याङ लागेर ७ जना घाइते

logo
प्रकाश बम,
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
chatang.jpg

डोटी । डोटीको पूर्बीचौकी गाउँपालिका ३ गैरागाउँमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । खेतमा रोपाई गरी रहेका वेला बिहिबार साँझ साढे पाँच बजेतिर गैरागाउँको चैकोटमा चट्याङ लागेर ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक बिद्यानन्द माझीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक माझीका अनुसार चट्याङ लागेर घाइते हुनेमाहरुमा पुर्विचौकि गाउँपालिका ३ चैकोट वस्ने अन्दाजि  २६ बर्षकी देवि बोहरा, सोहि ठाउ वस्ने ३५ बर्षकी पद्मा धानुक, २३ बर्षकी भगु नेपाली , १६ बर्षकी कल्पना नेपाली , २८ बर्षकी दुर्गा नेपाली , ३२ बर्षकी जमनि नेपाली  र २८ बर्षका मिठु नेपाली रहेका छन् ।

घाइते सवैको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको वताउदै सवैको अवस्था सामान्य रहेको जिल्ला अस्पताल डोटीमा कार्यरत डा.गिरीष अवस्थीले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ