arrow

कांग्रेस टुलुटुलु हेरेर बस्दैन : प्रकाशमान

logo
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
Prakashman-Singh.jpg

दैलेख । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले समृद्ध नेपालको सपना कांग्रेस बाहेक अरुले पूरा गर्न नसक्ने बताएका छन् ।  नेपाली कांग्रेस भैरबी गाउँपालिका दैलेखले आयोजना गरेको गणेशमान सिंह स्मृति भवनको सिलान्यास कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन् ।

सिंहले सशक्त र बलियो पार्टी निर्माण गर्नु आजको आवश्यकता रहेको बताए । उनले  प्रभावकारी रुपमा पार्टी संगठन निर्माण गरेर मुलुक सामु देखिएका चुनौतीहरु सामना गर्न लाग्नुपर्ने परिस्थिति सृजना भएकाले चनाखो भएर बस्न  कार्यकर्तालाई  निर्देशन दिए ।

वर्तमान सरकार जे जसरी भएपनि मुलुको राज्य सत्ता कब्जामा लिएर अधिनायकवाद लाल्न खोजिरहेको भन्दै उनले आफुहरुलाइ बहुमतका नाममा गरिने असैवंधानिक  कदम मान्य नहुने बताए ।

 नेता सिंहले संघीयता कमजोर बनाउन उद्दत रहेकाले सरकारलाई बिश्वास गर्न नसकिने समेत बताए ।उनले भने, 'मुलुकका दुर दराजमा यातायात सुबिधा पुर्याउन नसक्ने सिंहदवारको छेउको सडकको खाल्डाखुल्डी पुर्न नसक्ने सरकारेले पानी जहाज र रेलको सपना बाट्नु हास्यास्पद हो । पहिला नागरिकलाई यातायात, स्वास्थ  शिक्षाको सुबिधा पुराउन ध्यान दिनुपर्छ ।'

उनले सरकारका उत्ताउलो भाषण भन्दा पनि जिम्मेवार पुर्ण बिचार निर्णयले मात्र तमाम समस्याको समाधान निस्कने बताए ।  कांग्रेस केही पनि हैन दुई तिहाइ छ भन्दै मनलाग्दि निर्णय गर्दैजाने हो भने बिगतमा कांग्रेसले खेलेको भुमिका सम्झन र कांग्रेस टुलुटुलु हेरेर नबस्ने समेत उनले चेतावनी दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदय राम थानी लगायतले आफ्नु धारणा राखेका थिए । कार्यक्रममा नेकपा लगायत अन्य पार्टी छोडेर ४ दर्ज भन्दा बढि  नेता, कार्यकर्ता कांग्रेस प्रबेश गरेका थिए । नव प्रबेशीलाई पार्टी सदस्यता प्रदान गरि कांग्रेस नेता सिंहले स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ