arrow

नेकपाका हलेसी नगर सदस्य राई कांग्रेसमा, प्रवेश गर्ने र गराउने सबै दंग

logo
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
kismat-rai-khotang.jpg

खोटाङ। नेपाली कांग्रेसको जागरण अभियानका क्रममा पार्टी प्रवेशको लहर पनि देखिएको छ। विभिन्न पार्टीमा क्रियाशिल रहेकाहरुले यस बीचमा नेपाली कांग्रेस प्रवेश गरेका छन्। 

मेचीदेखि महाकालीका विभिन्न कार्यक्रममा खासगरि सत्तारुढ दल नेकपाकै नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका खबर छन्। 

जागरण अभियानको पहिलो चरण सकिनै लाग्दा ललितपुरमा कांग्रेस सभापति शेर बहादुर देउवाले ४० बर्ष कम्युनिष्ट पार्टीमा विताएका नेकपाका एक स्थानिय नेता रामकृष्ण हुमागाईलाई कांग्रेस भित्र्याए। हुमागाईले कांग्रेस प्रवेश गर्दैगर्दा नेकपाका बारेमा दिएको प्रतिक्रिया  पनि चर्चामा रह्यो। उनले विगतका कम्युनिष्ट लालहरु अहिले दलाल बनेको बताए। 

ललितपुरमा हुमागाई कांग्रेसमा प्रवेश गर्दैगर्दा ललितपुरका कांग्रेस नेता उदयशमशेर राणा खोटाङका अर्का स्थानिय यूवा कम्युनिष्ट नेतालाई पार्टी प्रवेश गराउँदै थिए। 

नेकपाका हलेसी नगर समितिका सदस्य तथा युवा संघ खोटाङ्गका जिल्ला सदस्य किश्मत राईलाई राणा सहितका खोटाङ कांग्रेसका नेताहरुले नेपाली काँग्रेसमा प्रवेश गराएका हुन्।

नवप्रवेशी राईले कम्युनिष्टका नाममा जनतालाई भ्रममा राख्ने नेकपामा अल्मलिएर बस्ने भूल नगर्ने भन्दै कांग्रेसमा आएको बताए। 

राई कांग्रेसमा प्रवेश गर्दा उनलाई पार्टीमा स्वागत गर्नेहरु जति दंग देखिन्थे त्यतिकै राई आफै पनि दंग देखिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ