arrow

सरोजकुमार सिंहसहित नेकपाका नेता कार्यकर्ता समाजवादीमा 

logo
प्रकाशित २०७६ जेठ २६ आइतबार
samajbadi-party.jpg

काठमाडौँ । समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले अग्रगामी परिवर्तनको एजेण्डाको दृष्टिले समाजवादी पार्टी, नेपाल १० वर्षे जनयुद्ध, मधेस जनविद्रोह र पहिचानको आन्दोलन सबैको उतराधिकारी भएको बताएका छन् । 

नेकपाका नेता सरोजकुमार सिंहसहित दर्जनौं नेता कार्यकर्ताहरू समाजवादी पार्टी नेपालमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । 

श्रेष्ठले तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकृत भएपश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्ता प्राप्त गर्न सफल भए पनि जनयुद्धका युगान्तकारी परिवर्तनका एजेण्डाहरू भने एकीकरणसँगै विर्सजन भएको बताए ।

उनले १० वर्षे जनयुद्धका युगान्तकारी परिवर्तनका एजेण्डाहरू तथा माओवादीले वार्ताको क्रममा छोडेको सङ्घीयताका एजेण्डाहरू आन्दोलनको माध्यमबाट पुर्नस्थापना गर्न सफल मधेस जनविद्रोह र आदिवासी जनजातिको आन्दोलनद्वारा स्थापित पहिचानको मुद्दाको समेत आफ्नो पार्टीले मात्रै अपनत्व ग्रहण गरेको बताए । 

नेता श्रेष्ठले नेपाली समाज परिवर्तनको नयाँ सिद्धान्तको रूपमा सम्मुनत सङ्घीय समाजवादलाई अंगीकार गरेको बताउँदै आगामी आम निर्वाचनसम्ममा समाजवादी पार्टी देशको पहिलो पार्टी बन्ने उद्घोष गरे । 

उनले भने, ‘समाजवादी पार्टी विचार, सङ्गठन र कार्यशैली हरेक दृष्टिले नयाँ ढंगको पार्टी हो । यसले पहिचान सहितको सङ्घीयतालाई जातीय मुक्तिको आधारका रूपमा र सामाजिक न्यायसहितको समृद्धिलाई समतामूलक समाज निर्माणको आधारको रूपमा लिएको छ । यहि विचारलाई हामीले समुन्नत सङ्घीय समाजवाद भनेका हौँ ।’ 
        
शनिबार काठमाडौंको नेपाः व्यान्क्वेटमा ससफो जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिले अध्यक्षता र सचिव शर्मिला सुवालले सञ्चालन गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी सहअध्यक्ष श्रेष्ठले खादा लगाएर नवप्रवेशीहरूलाई स्वागत गरेका थिए । 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू पूर्णबहादुर बस्नेत, कमला बिश्वकर्मा, इश्वर रिजाल, केशव अर्यालले पनि नवप्रवेशीहरूलाई स्वागत र शुभकामना दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ