arrow

रुपन्देहीमा युवकको हत्या, ५ पक्राउ

logo
प्रकाशित २०७६ जेठ २६ आइतबार
dead2.jpg

रुपन्देही । रुपन्देहीमा एकजना युवाको हत्या भएको छ । देवदह–८ विशालनगरका २८ वर्षीय सुमन थापाको शनिबार राति हत्या भएको हो । निधार र छातिमा लागेको चोटसहित बेहोस अवस्थामा भेटिएका थापाको देवदह मेडिकल कलेजमा ज्यान गएको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले रुपन्देही देवदह–८ बस्ने २० वर्षीय रमेश थारु , २४ वर्षीय लक्षण थारु, १९ वर्षीय सुवास क्षेत्री, २३ वर्षीय हिराबहादुर महतो, २४ वर्षीय रेखबहादुर महतोलाई पक्राउ गरेको  वडा प्रहरी कार्यालय बुटवलले बताएको छ ।

प्रहरीका अनुसार थापाले राति लक्ष्मण थारुको घरमा गएर ढोकामा हानाहान गरेपछि यो घटना भएको हो । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ