arrow

बस र ट्याङ्कर जुध्यो,चारको अवस्था जटिल

logo
प्रकाशित २०७६ जेठ २६ आइतबार

चितवन । चितवनमा  सवारी साधन दुर्घटना हुँदा  १८ जना  घाइते भएका छन्  । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै  गरेको  ना १ क ६४११  नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नं को  बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आज बिहान ११.३० बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् ।

 घाइतेमध्ये  चारको अवस्था जटिल रहेको  मुग्लिन इलाका  प्रहरी कार्यालयले  जनाएको छ ।  घाइतेमध्ये  छ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर  लगिएको   र अन्यको   सोही  पोलिक्लिनिकमा उपचार  भइरहेको प्रहरीले जनाएको छ । अहिले दुबै बस र तीनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ