arrow

मन्त्री क्वार्टरमा मन्त्रीहरुले लगाए कुचो

सन्दर्भ विश्व वातावरण दिवस

logo
प्रकाशित २०७६ जेठ २६ आइतबार
mantri4.jpg

काठमाडौं ।  मन्त्री क्वार्टरमा मन्त्रीहरुले  कुचो लगाएका छन् । विश्व वातावरण दिवस २०१९ को अवसर पारेर ललितपुरको पुलचोकस्थित मन्त्री क्वार्टर परिसरमा मन्त्रीहरुले सरसफाई गरेका हुन् । वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आइतबार बिहान क्वार्टर परिसर क्षेत्रको सरसफाई गरिएको हो ।

पुलचोक चोकदेखि सुरु भएको सरसफाई मन्त्री क्वार्टरभित्र पुगेर समापन भएको थियो । सरसफाइको नेतृत्व कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गर्नुभएको थियो । यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, विभिन्न मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत सरसफाइमा सहभागी भएको थियो ।

विश्व वातावरण दिवसका अवसरमा २२ र २३ जेठमा नेपालगञ्जमा मुल कार्यक्रम आयोजना गरिएको थियो । त्यस क्रममा मुलुकभरका महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख र प्रदेश–५, प्रदेश–७ र कर्णाली प्रदेशका नगर प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा सरोकारवालाहरुको सहभागितामा वृहद अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

मन्त्रालयले यो वर्ष ‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ साताव्यापी रुपमा विविध जनचेतनामुलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ